दफा ६
कसूरदार उपर मनासिव माफिकको शक्ति प्रयोग गर्ने अधिकार
कसूरदारलाई वारदात भएको ठाउँमा पक्राउ गर्न खोज्दा जबरजस्ती हुल हुज्जत गरी वा त्यसै भाग्न उम्कन खोज्यो भने त्यस्तालाई भाग्न उम्कन दिनु हुँदैन । सो गर्दा हातहतियार नचलाई नहुने भएमा प्रहरी फोर्सको हेडकन्सटेवल र सोभन्दा माथिका कुनै अधिकृतले वा नेपाली सेनाका पति र सोभन्दा माथिका कुनै अधिकृतले अन्य फोर्सका सो सरहका कुनै पति वा अधिकृतले आफै वा आफ्ना मातहतका अरूलाई अर्डर दिई भरसक घुँडामुनि हातहतियार चलाई वा गोली हानी पक्राउ गर्नुपर्छ । लेखिएबमोजिम पक्राउ गर्न खोज्दा मानिस मर्न गएमा समेत सम्बन्धित सरकारी कर्मचारीलाई बात लाग्ने छैन ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको निमित्त अन्य फोर्स भन्नाले मिलिसिया पाइनियर, रिजर्भ र ग्यारिजनलाई समेत जनाउँछ ।